जेठ २८, काठमाडौं । सरकारले एकीकृत राष्ट्रिय वित्त रणनीति तयार पारी कार्यान्वयन गर्ने भएको छ । संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्न लागेको हो ।
उक्त रणनीतिको मस्यौदा तयार पार्न ‘इन्टिग्रेटेड नेसनल फाइनान्सिङ फ्रेमवक्र्स’ (आइएनफएएफ) को सहयोग लिइएको छ । अर्थ मन्त्रालयले आज काठमाडौंमा कार्यशाला आयोजना गर्दै रणनीतिको मस्यौदामाथि छलफल गरी सुझाव लिएको छ ।
अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले लगानीका स्रोत केके हुन सक्छन? कसरी परिचालन गर्न सकिन्छ? भनेर एकीकृत रणनीति तयार पार्न लागिएको बताए ।