एभरेष्ट कलरद्वारा साधारण शेयर निष्कासनका लागि प्रत्याभुति सम्झौता सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ २८, बुधबार (१ दिन अघि)
  • ७३ पटक पढिएको
एभरेष्ट कलरद्वारा साधारण शेयर निष्कासनका लागि प्रत्याभुति सम्झौता सम्पन्न

जेठ २८, काठमाडौं । गुणस्तरमा अग्रणी एभरेष्ट कलर प्रा.लि.ले साधारण शेयर निष्कासनको तयारी स्वरूप आज प्रत्याभुति सम्झौता सम्पन्न गरेको छ । कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइटेल र प्रत्याभूतिकर्ता लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच औपचारिक सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार कम्पनीले निकट भविष्यमा सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ७,९०,००० कित्ता साधारण शेयर जारी गर्नेछ । एभरेष्ट कलरले ISO 9001:2015 प्रमाणीकरणका साथै नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सूचीमा दर्ता र नेपाल गुणस्तर चिन्ह प्राप्ति प्रक्रियामा रहेको बताएको छ ।

स्वदेशी युवाहरूको लगानीमा संचालित एभरेष्ट कलरले गुणस्तरीय उत्पादनमार्फत आयात प्रतिस्थापन, रोजगारी सिर्जना, र आन्तरिक राजस्वमा योगदान पुर्‍याउने उद्देश्यका साथ आफ्नो सेवा विस्तार गरिरहेको छ । निर्माण क्षेत्रलाई लक्षित गर्दै कम्पनीले नेपाली भौतिक पूर्वाधारमा उच्च गुणस्तरको रंग प्रयोग गर्न जोड दिएको छ ।

कम्पनीको वित्तीय स्थिति तथा स्थायित्व मूल्याङ्कन गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडले एभरेष्ट कलरलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जुन स्थिर अवस्थालाई संकेत गर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस