प्रदेश–२ को राजधानी तथा नामको विषयमा मंगलबार मतदान हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र ४, मंगलबार (५ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

चैत्र ४, काठमाण्डौ । प्रदेश नंं २ को राजधानी तथा नामको विषयमा प्रदेशसभामा मंगलबार विहान ८।०० बजेदेखि मतदान हुने भएको छ । प्रदेशको राजधानी जनकपुरधाम राख्ने विषयमा दलहरुको बीचमा सहमति भए पनि प्रदेशको नाउँको विषयमा सहमती हुन नसक्दा यसको अन्तिम निर्णय लिन प्रदेशसभामा मतदान हुन लागेको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले बताए । प्रदेशको नामको विषयमा दलहरुका बीचमा मतभिन्ता रहेको कारण मंगलबार मतदान हुनलागेको उनले बताए ।
प्रदेश–२ को प्रदेशसभा सचिवालयमा दत्र्ता भएको राजधानी तथा नामको विषयमा मतदान हुने भएपछि दलहरुले आ—आपना प्रदेशसभा सदस्यहरुलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरेका छन् ।
प्रदेश–२ को नामको वारेमा मतदानवाट निर्णय लिन दुई तिहाई मत आवश्यक भए पनि कुनै पनि दलसँग दुई तिहाई मत नभएकोले प्रदेशको नामको टुंगो लाग्ला भन्ने भन्न नसकिने नेकपाका प्रदेश सभा सदस्य शत्रुधन महतो ले बताए । प्रदेशको नाम राख्ने विषयमा समाजवादी पार्टी तथा राजपाले मधेश प्रदेश, नेकपाले जानकी वा जनक प्रदेश तथा नेपाली काँग्रेसले मिथिला–भोजपुरा प्रदेश हुनु पर्ने प्रस्ताव प्रदेश सभामा दत्र्ता गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस