नेकपामा दबाबको राजनीति तीब्र, प्रधानमन्त्रीको पक्ष र विपक्षमा सांसदको टाउको गणना हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १७, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाण्डौ । सत्ता संघर्षको तीब्र किचलोमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा सांसदको टाउको गन्ने सिलसिला शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको पक्ष र विपक्षमा रहेका सांसदहरुको गणना शुरु भएको हो । अध्यादेश प्रकरणसम्म आइपुग्दा तीब्र मनमुटावको चरणमा प्रवेश गरेको नेकपामा प्रधानमन्त्री ओली आफ्नो पद धरापमा पर्ने त्रासमा छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेलसमेत सचिवालयका बहुमत सदस्य प्रधानमन्त्रीको विपक्षमा उभिएपछि ओलीको पद धरापमा परेको नेकपाको नेताहरुले दाबी गरेका छन् । सचिवालयका अतिरिक्त, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत प्रधानमन्त्री ओली अल्पमतमा परेको दाबी दाहाल–नेपाल पक्षको छ । संसदीय दलमा ४० प्रतिशत सांसद नै ओलीका पक्षमा नहुने दाबी अर्को पक्षले गर्दा प्रधानमन्त्री ५० प्रतिशत बढी सांसद पुर्याएर पद सुरक्षित गर्ने खेलमा जुुटेका छन् । वुधबार बस्ने सचिवालय बैठक अगावै ५० प्रतिशत सांसदको संख्या सुनिश्चित गर्ने गरी काम अगाडी बढेको ओली पक्षीय एक सांसदले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस