नेकपा सचिवालयको निर्णायक बैठक बालुवाटारमा सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १७, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाण्डौ । पार्टीभित्र देखिएको विवाद हल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । विवादास्पद दुईअध्यादेश ल्याएपछि चर्किएको विवाद समाधानका लागि नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भरखरै सुरु भएको हो ।

पार्टीमा छलफल नगरी बैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको हो । त्यसपछि अध्यक्ष प्रचण्डसहित नेकपाका बहुमत सचिवालय सदस्य उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा जुटेका थिए । उक्त बैठकले तत्काल अध्यादेश फिर्ता लिनको लागि २४ घण्टे अल्टिमेटम दिनुका साथै स्थायी समितिको बैठक बोलाउन माग गरेको थियो । त्यसपछि सरकारले अध्यादेश फिर्ता लिए पनि नेकपाभित्रको शक्ति संघर्ष भने उत्कर्षमा पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस