वैशाख १७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरूलाई हस्ताक्षर गराएका छन् । सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले बालुवाटारमा प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर हस्ताक्षर गराएको सांसद कृष्ण राईले जानकारी दिए । संसदीय दलका बहुमत सांसदहरूले ओलीको पक्षमा हस्ताक्षर गरेको राईको दाबी छ ।