वैशाख १९, काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले मजदुरलाई व्यक्तिगत सुरक्षा सामग्रीसहित श्रममा जाने वातावरण तयार पार्न सरकारसँग आग्रह गरेका छन् । १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सापकोटाले कोभिड १९ को महामारीका कारण श्रमिक वर्गले रोजगारी गुमाउनु परिरहेकाले तत्कालीन र दीर्घकालीन योजनासहित राहत र सहयोगका कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । “कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिले विश्व बजारमा पुगेका लाखौं नेपाली मजदुरका विषयमा पनि गम्भीर हुनुपर्ने अवस्था आएको छ,” सभामुखको सन्देशमा भनिएको छ ।