स्वास्थ्यमन्त्रीले संकेत गर्दै भने-‘वैशाख २५ पछि लकडाउन केही खुकुलो हुन सक्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १९, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख १९, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लक डाउन खुकुलो हुने संकेत गरेका हुन् । सबै क्षेत्रबाट सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनले बताए ।

कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए । कारोनाका कारण दीर्घरोगी र अन्य बिरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै विरामीहरुलाई अस्पतालसम्म पुर्याउन पनि लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस