बैशाख २५, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका छन् ।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग गृहकार्य नपुगेकाले बिहीबार निर्धारित बैठक बस्न नसकेको बताए ।
‘अलि गृहकार्य नपुगेकै हो मुख्य रुपमा । त्यसकारण दुई अध्यक्षले एक दुई दिन भित्र बोलाउँछौं’ अध्यक्ष प्रचण्डले भने ।