सांसद अपहरण प्रकरणमा मुछिएका बस्नेत, श्रेष्ठ र खनालविरुद्ध अनुसन्धान शुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २६, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

वैशाख २६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान सुरु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरको जाहेरी दर्खास्त पठाएपछि जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलले शुक्रबार दिउँसो अनुसन्धान शुरु भएको जनाएको छ ।

पूर्वमन्त्रीसमेत रहेका समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले दिएको जाहेरी दर्खास्त काठमाडौं प्रहरीलाई पठाइएको स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार यदि आवश्यक परेमा अभियुक्तलाई पक्राउ गर्न सकिने प्रावधान रहे पनि अनुसन्धान अधिकृतलाई कानुनले केही अधिकार दिएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस