वैशाख २९, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि मिचेर भारतले सडक बनाइरहेको कुरा सरकारलाई पहिलेदेखि नै थाहा भएको खुलासा गरेका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र कब्जा गरी भारतले सडक बनाएकोबारे सरकारलाई थाहा थियो कि थिएन भनेर सांसदहरूले आक्रोश पोखेपछि मन्त्री ज्ञवालीले यस्तो खुलासा गरेका हुन् ।
प्रतिनिधिसभामा आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले नेपाली भूमि मिचिएकोबारे भारतसँग पटक–पटक वार्ताका लागि कूटनीतिक प्रयास भए पनि भारतका कारण वार्ता हुन नसकेको बताए ।