नीति तथा कार्यक्रमबारे धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक बस्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ १,काठमाडौँ । नेपाली कांग्रेसले जेठ ३ गते शनिबार संसदीय दलको बैठक बोलाएको छ । सरकारले नीति तथा कार्यक्रम जारी गर्ने भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको बैठक बस्न लागेको हो ।

संसदीय दलको बैठक मिति शनिबार दिउँसो साढे १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । शुक्रबार अपरान्ह ४ बजे संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसको भोलिपल्ट बस्ने कांग्रेस संसदीय दलको बैठकले समसामयिक राजनीतिका साथै सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि आफ्नो धारणा बनाउने नेताहरुले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस