इन्डोनेसियामा अलपत्र एक नेपाली विद्यार्थीको भारतले गर्यो उद्धार

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १२, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ १२,काठमाडौँ । इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले उद्धार गरेको छ । रत्ननगर–९ चितवनकी शेभिका ढकाललाई भारतले उद्धार गरेको हो । भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा ढकाललाई पनि उद्धार गरेको हो ।

यो कुरा इन्डोनेसियास्थित भारतीय दूतावासले ट्वीट गरेर जानकारी दिएको छ । ट्वीटरमा पोष्ट गरिएको एक भिडियोमा ढकालले आफू भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणामा बीबीए अध्ययन गर्न आएको र इन्डोनेसियाको विश्वविद्यालयसँग आफूले पढिरहेको विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान कार्यक्रम भएअनुसार आफू इन्डोनेसिया आएको बताएकी छन् ।

उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले आफू इन्डोनेसियाबाट फर्किन पाएको बताएकी छन् । उनले आफ्नो उद्धार गरिदिएको भन्दै नेपाल र भारत दुवै सरकारलाई धन्यवाद दिएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस