हिजो कौडीको मुल्यमा उद्योगधन्दा बेच्नेहरु आज ठूला कुरा गर्दैछन् : सांसद पहारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ २१, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ २१, पोखरा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लक्षीत गर्दै विगतमा कौडीको मुल्यमा सरकारी उद्योगधन्दाहरु बेच्नेले आज आएर ठूला ठूला कुरा गरिरहेको बताएका छन् ।

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि सैद्धान्तिक छलफलको क्रममा आफ्नो धारणा राख्दै सांसद पहारीले अरुको आँङमा जुम्रा देख्नेले आफ्नो आङको भैंसी समेत नदेख्ने भई आफ्नो विगतको हविगत लुकाउन वर्तमान सरकारलाई झुटको खेती गरिरहेको बताए । उनले भ्रष्टाचारको तक्मा लगाएका नेताको पछि परेट खेल्नेहरु तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई नीजिकरण गर्नेहरुले सरकारलाई करार गर्न खाजिरहेको बताए ।

सरकारले गरेको कामहरु केही पनि नदेख्ने, फगट तथ्यहिन प्रोप्रगाण्डाको निम्ती भ्रष्टाचार र कुशासनको कुरा आइरहँदा आफुलाई विगतको घटनाहरुको झल्झल्ती याद आइरहेको उल्लेख गर्दै उनले भदौमा आँखा फुटेको गोरुले जहिले पनि हरियो नै देख्छ, कमलपित्त भएको आँखाले सवैलाई पहेलो देख्ने गरेको बताए ।

उनले भने, ‘आफु चुर्लुम्म भ्रष्टाचारमा डुव्ने र भ्रष्टाचारको तक्मा लगाएका नेताको पछि परेट खेल्दै शुन्य सहनशिलता र भ्रष्टाचार नियन्त्रण गर्न लागिरहेको सरकारलाई भ्र्रष्टाचारी करार गर्न मिल्ला र ? कम्तिमा लोकको पनि त ख्याल गर्नु पर्यो । हिजो राज्यको नियन्त्रणमा रहेका नाफामुलक उद्योगधन्दा लगायतका संरचनाहरुलाई कैडिको मुल्यमा उदारीकरणको नाममा नवेचेको भए, स्वास्थ्य शिक्षालाई नाङ्गो ढंगले नीजिकरण तथा व्यापारिकरण नगरेको भए राज्य र सरकारलाई वर्तमान अवस्थामा जटिल हुने थिएन ।’

प्रदेश सरकारले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि विशेष रणनीतिका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले कोरोनाको कहरसँगै प्रदेश सरकारमा भाइरसको कारण शिथिल भएको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भनि व्यापक योजनाहरु अघि सारेको स्पष्ट पारे ।

उहाँले भन्नुभयो, ‘कोरोना भाइरसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्न र महामारिबाट शिथिल भएको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने ? भनेर स्वास्थ्य, शिक्षा, कृषी, पर्यटन, उद्योग, यातायातलगायतका क्षेत्रहरुलाई पारेको असर क्षेत्रगत पुनःउत्थानको कार्यक्रम सञ्चालन गरी पुरानै अवस्थामा फर्काई रोक, भोकबाट मुक्त बनाई समृद्ध प्रदेश र सुखी नागरिक कसरी बनाउन सकिन्छ ? भन्नेमा संघिय सरकार तथा प्रदेश सरकार गंभिर रुपमा अघि बढेका छन् । प्रदेश सरकारले एक वर्षभित्रमा यो यो काम गर्न सकिन्छ भन्ने स्पष्ट भिजन, भिजनलाई कार्यान्वयन गर्ने मिसन र एक्सनका साथ शुत्रगत रुपमा आएको छ । पौराणीक ग्रन्थ, रामायणमा रावणले सीतालाई हरण गरेको जस्तो कथा पनि छैन, हनुमानले लंकामा आगो लगाएको कथा पनि छैन । यो नीति तथा कार्यक्रम जनताको जीवनस्तर कसरी उकास्न सकिन्छ रु जनतालाई कसरी खुसी र सुखी बनाउन सकिन्छ ? भनेर जनताले आफ्नो दैनिक जीवनमा अनुभुति गर्न सक्ने गरी आएको छ ।’

१२ वर्ष खर्चेर रामायण पढ्नेको सट्टा १२ मिनेट राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर यो नीति तथा कार्यक्रममा घोत्लीने हो भने यो वर्तमान संकट पार लगाउने संजिवनी बुटिकको रुपमा यो नीति तथा कार्यक्रमलाई पाउन सकिने उल्लेख गरे । उनले आफुले पाएको नीति तथा कार्यक्रमको पुस्तक र अन्य विपक्षी विद्वान सांसदहरुले पाएको पुस्तक त पक्कै पनि फरक नरहेको उल्लेख गर्दै उनले उक्त पुस्तकमा फरक फरक कुरा उल्लेख भएको जस्तो आफुलाई नलागेको समेत स्पष्ट पारे ।

तिव्र गतिमा जनताको चाहना अनुसार विकास निर्माणका कार्यहरु भइरहेको उल्लेख गर्दै उनले भने, ‘दुई वर्षको अवधिमा प्रदेश सरकारले नीति नियमको साथमा पारदर्शी, जवाफदेही र नागरिकमैत्री शासन व्यवस्था स्थापीत गर्न ४० वटा विधेयक पेश गरेको र हालसम्म ३३ वटा पारित भइसकेको साथै प्रदेश सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ उचाईमा पुर्याएको, प्रदेश भित्र २०औं वर्षदेखी निर्माण हुन नसकेका ठाउँमा एक सय आठ किलोमिटर सडक कालोपत्रे भएको, दुई सय सात किलोमिटर सडक ग्राभेल गरिएको, आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी पाँच सय ५२ किलोमिटर कालोपत्रे गर्न बहुवर्षिय ठेक्का सम्झैता गरी निर्माण कार्य अघि बढाएको, पुल निर्माण तथा दुई वर्षभित्रमा एक सय ४४ वटा सडक पुल निर्माणका कार्यहरु, एक घर एक खानेपानी धारा, उज्यालो प्रदेश बनाउने कार्यहरु अघि बढेको छन् ।’

पाँच वर्षभित्रमा देशकै सवैभन्दा समृद्ध प्रदेश बनाउने महत्वकांक्षी लक्ष्यका साथ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा सरकार अघि बढिरहेको समयमा अकस्मात् कोरोना भाइरसको संकट व्यहोर्नु परेको उल्लेख गर्दै उनले विश्वमा विकसित मुलुकहरुले समेत हावा तावा खाइरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेशमा उच्च स्तरिय समन्वय समिति गठन गरी जनतामा रोग र भोकको कुनै समस्या नआओस् भनि सिमित स्रोत र साधन बाबजुत पनि गण्डकी प्रदेशभित्र नियन्त्रणमा नै रहेको दिउँसोको घाम जत्तीकै छर्लङ्ग रहेको जानकारी गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस