राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ २२, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताएका छन् । सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा आज सो सम्बन्धी पत्र लेख्दै राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने जानकारी गराएका हुन् । पत्रमा उनले मुलुक कोरोना भाइरस सङ्क्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठकभत्ता र भ्रमणभत्ता नलिने जनाए । उनले उक्त भत्ता सरकारको राजश्व खातामा जम्मा गरिदिनसमेत पत्रमा अनुरोध गरे ।रासस

ताजा अपडेट

खोजी गर्नुहोस