पूर्व प्रधानमन्त्रीहरू अझै सरकारी कार्यविधि नाघेर सुरक्षाकर्मीको दुरुपयोग गर्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ २५, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाण्डौ । पूर्व विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधि विपरीत खटिँदै आएका १२० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, पूर्व प्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् । सरकारले पूर्व प्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधि विपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि केहीले भने त्यसरी खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेका छन् । कतिपय पूर्व विशिष्टहरूले आफैं सुरक्षाकर्मीलाई फिर्ता पठाएका छन् ।

सशस्त्र प्रहरीका डीआईजी एवं प्रवक्ता प्रवीणकुमार श्रेष्ठले पूर्वउपप्रधान, पूर्व गृहमन्त्रीबाट सुरक्षाकर्मी फिर्ता भएको र पूर्व प्रधानमन्त्री र पूर्व राजाबाट फिर्ता भएकोबारे जानकारी नरहेको बताए । सरकारले बनाएको नयाँ कार्यविधिमा भने पूर्व गृहमन्त्रीलाई दुई जना सुरक्षाकर्मी दिने उल्लेख छ । गृहले लगेको नयाँ कार्यविधिमा पूर्व प्रधानमन्त्रीहरूको सुरक्षाका लागि भने ४ देखि ६ जना मात्रै दिने उल्लेख छ । तर, हालसम्म पूर्व प्रधानमन्त्रीको सुरक्षामा दुई दर्जन भन्दा बढी सुरक्षाकर्मी खटिँदै आएका छन् । कार्यविधिमा सुविधास्वरूप दिइँदै आइएको पछुवा गाडी समेत फिर्ता गर्ने उल्लेख छ । सो कार्यविधि छलफलकै क्रममा छ । राजधानी दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस