जेठ २७, काठमाण्डौ । खानेपानीमन्त्री बिना मगरले आउँदो आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छिन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्री मगरले मेलम्चीमाथि वर्षौंदेखि उठ्दै आएका प्रश्नको बिट मार्ने समय छिट्टै आउने बताईन् ।
उनले आउँदो आर्थिक वर्ष मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी गरिन् ।