जेठ ३०, काठमाण्डौ । जनता समाजवादी पार्टी, नेपालले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सो पार्टीले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
शुक्रबार पदाधिकारी बैठक बसेर जसपाले संविधान संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जपसा पदाधिकारी बैठक बालकुमारीस्थित पार्टी कार्याललयमा बसेको थियो ।