राष्ट्रपति भण्डारीसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ३०, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन् ।
सो अवसरमा उनीहरुबिच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । राजदूत पार्कले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस