नेता डा. शेखर कोइराला भन्छन्-‘ओली सरकार भ्रष्टाचारको चाङमाथी उभियो’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ३०, शुक्रबार (५ साल अघि)
  • ५७ पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाण्डौ । कांग्रेस नेता डा शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारको चाङमाथी उभिएको बताएका छन् । मुलुक कोरोना संक्रमणसँग जुधिरहेको बेला नेकपाको सरकार कोरोना स्वास्थ्य सामग्री खरिदमै भ्रष्टाचार गरेर बसेको डा कोइरालाको तर्क छ ।डा कोइरालाले फेसवुकमा स्टाटस पोस्ट गर्दै बर्तमान सरकारले आरडिटी, पिसिआर खरिदमा भ्रष्टाचार गरेको बताएका छन् ।

यसैगरी लकडाउनका बेला घरभित्रै भोकभोकै रहेका नागरिकलाई भनेर वितरण गरीएको राहतमा पनि सरकारले भ्रष्टाचार गरेको डा। कोइरालाको दावि छ । विदेशी भुमी खासगरी भारतीय भूमिबाट नेपाल आएका नागरिकलाई राख्न बनाइएको क्वारेन्टाइनमा समेत सरकारले भ्रष्टाचार गरेको डा। कोइरालाले उल्लेख गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस