जेठ ३१, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन सुदेश पराजुलीले नेपालमा अहिले भइरहेको सडक आन्दोलन लोकतन्त्रको खिलापमा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक भनाई सार्वजनिक गर्दै उक्त कुरा लेखेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा केहि तस्विरसहितको पोष्टमा उनले लेखेका छन्-‘तस्बिरमा देखिनेको विचार,सिद्धान्त, निष्ठा विनाको अराजक गतिविधिले हामीले खोजेको, रोजेको वा हामीले चुनेको राजनीतिक प्रणाली प्रति हामी आफैबाट हिजोको हाम्रो लामो बलिदानबाट निर्मित राजनीतिक स्वतन्त्रता गुम्नेछ । हामी सबैलाई हेक्का हुनुपर्दछ हाम्रो राजनीतिक व्यवस्थामा हामिलाई मन नपरेको पार्टी नेता गजवले फेर्न पाईन्छ, यदि हामिले ५ वर्षका लागी जानी नजानी चुनेको नेता पार्टी रहेछ भने पनि । यो लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको हाम्रो व्यवस्था हो ।’
उनले थप लेखेका छन्-‘यहाँ हजारौं हजार फुल फुल्छन कुन–फुल रोज्ने ? हाम्रो अधिकार हो । आखिर हाम्रो प्रणालीमा नेता, नेतृत्व, पार्टी र सरकार गल्तीबाट सचिएनन भने समाप्तिको बाटो त नजिकै छ नि । यो त हाम्रो गौरवपुर्ण ईतिहासले दिशानिर्देश गरेकै छ त ।”