जेठ ३१, काठमाण्डौ । आज संबिधान संशोधन हुनै लाग्दा नेपाली काँग्रेसका युवा नेता, पुर्ब स्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गरेका छन् ।
हेर्नुहोस् ः
कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको परिवर्तित नक्सा संविधानको अङ्ग बनाउन मतदानका लागि संसद् जादैछु । घरभित्रका अनेकन विषयमा सरकारसंग हाम्रा विमति छन् र रहनेछन् तर राष्ट्रिय स्वाभिमानको लडाइमा सिङ्गो नेपाल,सबै नेपाली एकबद्ध छ र रहिरहनेछ भन्ने सन्देश संसदबाट दिनेछौँ ।
जय नेपाल