संशोधन प्रस्ताव अस्वीकृतपछि सांसद गिरी संसदबाट बाहिरिइन्

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ३१, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाण्डौ । समाजवादी पार्टीकी सांसद सरिता गिरी प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन् । सभामुख अग्नि सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेपछि उनी बैठकबाट बाहिरिएकी हुन् ।

गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी थिइन् । पार्टीले सांसदहरूलाई संविधान संशोधनको पक्षमा उभिन ह्विप जारी गरेपनि सांसद गिरीले ह्विप नमान्ने बताइसकेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस