सरकार विरुद्ध माइतीघर मण्डलामा शुक्रबार मैनबत्ती जुलुस र विरोधसभा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक २, आईतबार (४ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाण्डौ ।  नेपाली काँग्रेस (वी पी) केन्द्रीय कार्यसमितिले सरकार विरुद्ध माइतीघर मण्डलामा शुक्रबार मैनबत्ती जुलुस र विरोधसभा आयोजना गरेको छ । नेपाली काँग्रेस (वी पी)का केन्द्रिय कार्यलय सचीव सुशीलराज वाग्लेले संविधानमा भएको धर्म निरपेक्षता, संघियता र गणतन्त्र  आयातित भएको भन्दै चाडावाड पछि देश व्यापि आन्दोलनको घोषणा गर्न माइतीघर मण्डललामा विरोध सभा गरि आन्दोलनको घोषणा गरिएको जानकारी दिएका थिए ।

नेपाली काँग्रेस (वी पी) विभिन्न माग पनि राखेको छ सरकारले राष्ट्रघाती कदम हत्या, हिंसा, बलात्कार, जनविरोधि गतिविधि विरुद्ध नेपाली काँग्रेस बीपीले माइतिघर मण्डलामा शुक्रबार मैनबत्ती जुलुस र विरोधसभा आयोजना गरेको हो । आफूहरुले सरकार विरुद्धविरोध गर्नुको १५ बुँदे कारण समेत प्रस्तुत गर्दै नेपाली काँग्रैस बीपीले सरकारका जनविरोधी क्रियाकलाप तथा भ्रष्टाचार र प्रमुख प्रतिपक्ष दलको मौनताको समेत विरोध गरेको जनाएको छ ।

उनीहरुले मुलुकमा भएका बलात्कार तथा हत्याका श्रृखंलाको अन्त्य गरी बलात्कारीलाई हुँदैसम्मको कारबाही गर्नुपर्ने, सीमा विवादको समस्या हल गर्नुपर्ने, डा गोविन्द केसीसँग सरकारले १९ औं अनसन तोड्ने क्रममा गरेका सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, ९ वर्षदेखि अनसनरत गंगामायालाई न्याय दिनुपर्ने लगायतका विभिन्न कामहरु राख्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस