दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई निर्देशन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक ३, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक ३, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

प्रमुख सचेतक खाँड, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दशैं भत्ता फिर्ता गर्ने जनाईसकेका छन् । प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन् । दसैं भत्तावापत संसद सचिवालयले प्रतिसांसद ६४ हजार ७० रुपैयाँ बैंक खातामा पठाइसकेको थियो । दशैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति प्रकाशित हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन् । दशै भत्ताको चौतर्फी विरोध भएपछि त्यसलाई फिर्ताको औपचारिक निर्णय गर्न पार्टी सभापति शेरबहादुर देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई निर्देशन दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस