कार्तिक १७, काठमाण्डौ । नेपाली काँग्रेस निकट भातृ संघ नेपाल दलित संघ गोरखा जिल्ला अध्यक्ष श्री शंकर बहादुर कोइराला ज्यू, नेपाली काँग्रेस सिद्धान्त बिहिन भएको भन्दै नेपाली काँग्रेस (वी.पी.) मा प्रवेश गर्नु भएको छ |
कोइरालालाई नेपाली काँग्रेस (वी.पी.) पार्टीले केन्द्रिय कार्यालय सामाखुशी, काठमाडौंमा एक कार्यक्रमकाबीच पार्टी महामन्त्री सुशीलमान सेरचन केन्द्रिय सदस्य विष्णुप्रसाद ढकाल, शेरबहादुर ओली, केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला सभापति श्यामबहादुर गुरुङ लगाएत नेताहरुले सदस्यता प्रदान गर्नु भएको कार्यालय सचिव सुशीलराज वाग्लेले जानकारी दिए |