भारतीय स्थलसेनाध्यक्ष मुकुन्दको नेपाल भ्रमण तथा दज्र्यानी चिन्ह दिनेबारे नेपाली काँग्रेस (वी.पी.) ले आपत्ति

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक १७, सोमबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाण्डौ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नारावणेले नेपाल सरकारले प्रदान गर्ने नेपाली सेनाको मानार्थ महारथी (सेना प्रमुख)को दज्र्यानी चिन्ह प्राप्त गर्न असोज १९, २० र २१ गते  हुने नेपाल भ्रमणमा नेपाली काँग्रेस (वी.पी.) ले आपत्ति जनाउदै कालो झण्डा सहितको विरोधका कार्यक्रम घोषणा गरेको छ |

सोमबार पार्टी कार्यालयका सचिव सुशीलराज वाग्लेले एक विज्ञप्ति जारि गर्दै नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नेपाल सरकारले नेपालको प्रशासनिक तथा राजनैतिक नक्सा सार्वजनिक गरे पछी भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नारावणेले सिमा संबन्धि आपत्तिजनक वक्तव्य दिई नेपाल र नेपालीमाथिको आत्म-सम्मानमा ठेस पुर्याई धावा बोलिएकोमा उक्त वक्तव्य फिर्ता नलिगी नेपाल सरकारले नेपाली सेनाको मानार्थ महारथी (सेना प्रमुख)को दज्र्यानी चिन्ह प्राप्त गर्न भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नारावणे यहि असोज १९, २० र २१ गते नेपालको भ्रमणमा आउने भएकोले वक्तव्य फिर्ता बिना हुने भ्रमणमा कालो झण्डा सहितका विरोध कार्यक्रममा सहभागी हुन प्रजातन्त्रवादी, राष्ट्रवादी, देशभक्त, नागरिक समाज, समाजसेवी, पेसागतकर्मी, श्रमजीवि मजदुर, किसन, शिक्षक, कर्मचारी, विद्यार्थी तथा आम-जनसमुदायमा हार्दिक अपिल गरेका छन् |

कार्यालय सचिव वाग्लेद्वारा जारि विज्ञप्तिमा लोकतान्त्रि गणतान्त्रिक व्यवस्थाका नायक भन्ने दलहरुलाई लोकतान्त्रि गणतान्त्रिक व्यवस्था आए पछी राजाका नामजोडिएका सम्पूर्ण संघ-सस्था, स्थान, राष्ट्रिय निकुन्ज, ट्रसहरु खारेज गरिए पनि राजा महेन्द्रले २०२० साल जेष्ठ महिना २५ गतेबाट सुरुवात गरिएको चलनलाई निरन्तरता दिनु भनेको के भारतसँग लम्पसारवाद होईन र ? भनि प्रश्न समेत गरेको छ |

यधपी नेपाली काँग्रेस (वी.पी.) नेपाली काँग्रेस लोकतान्त्रि गणतान्त्रिक, धर्म निरपेक्षता र संघियतामा गए पछी फरक मत राख्दै स्थापना भएको पार्टी हो |

 

पार्टीको अपिलको पुर्ण पाठ

मिति : २०७७/०७/१७

आदरिय प्रजातन्त्रवादी, राष्ट्रवादी, देशभक्त, नागरिक समाज, समाजसेवी, पेसागतकर्मी, श्रमजीवि मजदुर, किसन, शिक्षक, कर्मचारी, विद्यार्थी तथा आम-जनसमुदायमा हार्दिक अपिल

नेपालको सिमा सम्बन्धि आपत्तिजनक अभिव्यक्ति दिने भारतीय सेना प्रमुखको भ्रमणमा कालो झण्डा सहितका विरोधमा सहभागी हौं !

नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नेपाल सरकारले नेपालको प्रशासनिक तथा राजनैतिक नक्सा सार्वजनिक गरे पछी भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नारावणेले सिमा संबन्धि आपत्तिजनक वक्तव्य दिई नेपाल र नेपालीमाथिको आत्म-सम्मानमा ठेस पुर्याई धावा बोलिएकोमा उक्त वक्तव्य फिर्ता नलिगी नेपाल सरकारले नेपाली सेनाको मानार्थ महारथी (सेना प्रमुख)को दज्र्यानी चिन्ह प्राप्त गर्न भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नारावणे यहि असोज १९, २० र २१ गते नेपालको भ्रमणमा आउने भएकोले वक्तव्य फिर्ता  बिना हुने भ्रमणमा कालो झण्डा सहितका विरोध कार्यक्रममा सहभागी हुन हार्दिक अपिल गर्दछौ | र अब उप्रान्त मानार्थ महारथी (सेना प्रमुख)को दज्र्यानी चिन्ह प्रदान गरिने कार्य बन्द गर्न माग गर्दछ |

साथै लोकतान्त्रि गणतान्त्रिक व्यवस्था आए पछी राजाका नामजोडिएका सम्पूर्ण संघ-सस्था, स्थान, राष्ट्रिय निकुन्ज, ट्रसहरु खारेज गरिए पनि राजा महेन्द्रले २०२० साल जेष्ठ महिना २५ गतेबाट सुरुवात गरिएको चलनलाई निरन्तरता दिनु भनेको के भारतसँग लम्पसारवाद होईन र ? आफुलाई लोकतान्त्रि गणतान्त्रिक व्यवस्थाका नायक भन्ने दलहरुलाई प्रश्न पनि गर्दछौ |

जय नेपाल वी पी !

सुशीलराज वाग्ले

कार्यालय सचिव

सम्पर्क : ९८५११९७९९६

ताजा अपडेट

खोजी गर्नुहोस