मन्त्री गुरुङ भन्छन्-‘मिडियामा दलित समुदायको सहभागिताका लागि प्राथमिकता दिइन्छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक २०, बिहिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तु र भौतिक सहभागितालाई प्राथमिकता दिइने बताएका छन् । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले आज बुझाएको १२ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले संविधानको भावना र मर्मानुसार सञ्चारक्षेत्रलाई रुपान्तरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको तथा मिडियामा दलित सहभागिता र सरकारी अनुदानको विषयलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए ।

सङ्घका अध्यक्ष विनोद पहाडीले सरकारी सञ्चारमाध्ययमको नीतिगत र सम्पादकीय समूहमा दलितको सहभागिता हुनुपर्नेमा जोड दिए । सङ्घले दलित समुदायद्वारा सञ्चालित सञ्चारमाध्यमलाई राज्यद्वारा विशेष सुविधा प्रदान गरी दर्ता तथा नवीकरणलगायत कर मिनाहासम्मको नीति ल्याउनुपर्ने माग गरेको छ । रासस

 

ताजा अपडेट

खोजी गर्नुहोस