कार्तिक २१, काठमाण्डौ । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न बिहीबार बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बैठक आज पनि बस्ने भएको हो । बैठक देउवा निवास बुढानीलकण्ठमा आज मध्यान्ह साढे १२ बजे बस्नेछ ।
बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठनको निर्णय फिर्ता नहुने बताएका थिए। विभाग बाहेक अन्य विवादित मुद्दामा छलफल गर्न सकिने देउवाको भनाइ थियो ।