पूर्वसांसद वीरबहादुर लामाको निधन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक २३, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २३,काठमाडौँ । नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।

मिर्गौलाको रोगबाट पीडित लामा ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए । उनको आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

निमोनियासमेत देखिएपछि उनलाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणको शंका लागेर चार पटकसम्म पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको पारिवारिक स्रोतले जनाएको छ ।

नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०३३ सालमा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायतका १५ जना नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस