मन्त्री भट्टराई भन्छन्-‘नेपालको पर्यटन क्षेत्र अब बिस्तारै चलायमान हुँदैछ’

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७७ कार्तिक ३०, आईतबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताएका छन् । आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानी नेतृत्वको टोलीसँग भएको भेटपछि उनले यस्तो बताएका छन् ।

विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु पर्यटन क्षेत्र विस्तारै आफ्नो गतिमा अगाडि बढ्न थालेको संकेत भएको उनले बताए । सरकारले पर्यटन क्षेत्र खुला गरेसँगै विदेशी पर्यटकहरुको आगमन बढ्दै गएको उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस