मन्त्री भट्टराई भन्छन्-‘२०२२ मा नेपालको पर्यटनले उच्च गति लिन’

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७७ मंसिर १५, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२२ सम्ममा नेपालको पर्यटन व्यवसायले गति लिने दाबी गरेका छन् । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माण हुन लागेको एक होटलको सोमबार शिलन्यास गर्दै मन्त्री भट्टराईले भने, ‘नेपालको पर्यटन क्षेत्र कोरोनाका कारण सुनसान रहेपनि २०२२ सम्ममा पहिलेको भन्दा तीव्र गति जानेछ । कारोनाका कारण थलिएको पर्यटन विस्तारै उठ्दैछ सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।’ कोरोना संक्रमणको अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उनको विश्वास छ । अहिले घरमा भएका मानिस कोरोनाको भ्यासिनसँगै घुम्न नपाएर बसेका हरु नसोचेको ढंगबाट भ्रमणमा निस्कने उनले आँकलन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस