पुस २९, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।
मन्त्रालयमा पत्रकार महासङ्घ काठमाण्डौ जिल्ला शाखाका प्रतिनिधिसँगको भेटमा मन्त्री गुरुङले अहिले भइरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता व्यक्त गरे । मन्त्री गुरुङले समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व व्यवस्थापन गर्न सकिने भए पनि अहिले ठिक उल्टो पत्रकारिता भइरहेको बताए ।