माघ ६, काठमाण्डौ । केयूमा भ्रष्टाचारमा संलग्न बालचन्द्र लुइँटेललाई नै भिसीमा सिफारिस गरेको छ । रामकण्ड मकाजु र भोला थापा सिफारिस भएका छन् । शिक्षा मन्त्री, सुरेशराज शर्मा र दमननाथ ढंगानाको कमिटीले सिफारिस गरेको हो ।
उनको भ्रष्टाचरको विषय तल उल्लेख छ ।
काठमाडौं विश्वाविद्यालय स्कूल अफ एजुकेसनका पूर्व साहायक डिन तथा प्राध्यापक बालचन्द्र लुइँटेलले विश्वविद्यालय स्कूल अफ एजुकेसनमा अध्यनरत विद्यार्थीसँग प्रज्ञिक सहयोग गरिदिने भन्दै लाखौं रुपैया लिइ भ्रष्टाचार गर्ने गरेको साथै स्कूल अफ एजुकेसनमा चलिआएको नर्वे सरकारको सहयोजमा जारी प्रोजेक्टको PI का हैसियतमा लखौं रुपैंया भ्रष्टाचार र अनियमिता गरेर अकुत सम्पत्ति आर्जन गरेको र कर समेत छली गरेको र राजनीतिक दबाब र पहुँचका आधारमा विश्वविद्यालयमा मनोमानी गरेको हुँदा आवश्यक कारबाहीका लागि पहल गरिदिन हुन अनुरोध गर्दछु ।
प्राध्यापक लुँइटेलले गरेका भ्रष्टाचार यसप्रकार रहेका छन्:
१. नर्वेजियन प्रोजेक्टमा [QUANTICT, NORHED Project र RUPANTARAN (रुपान्तरण)] दैनिक बैठक भत्ता, खाजा, इन्धन सुविधा र रिसर्च कमिटीको बैठक बापतको ठूलो रकम भ्रष्टाचार गरेको र विधि पद्दति विपरित लाखौं रुपैयाँ लिएको, स्टडि भिजिट भनी थाइल्याण्ड भ्रमण गराएको । नर्वेजियन प्रोजेक्टबाट – व्यक्तिगत फाइदा हुने कार्यक्रम, वर्कसप, सेमिनार तथा भ्रमणमा नक्कली सहभागी देखाइ लाखौं खर्च गरेको, झुठा व्यक्ति खडा गरेर उनको नाममा सम्पूर्ण भत्ता लिएको । होटल तथा गाडीका लागि भन्दै दोब्बर र तेब्बर रकमको बिल बनाउने गरेको, बिल देखाएर रकम भुक्तानी लिने गरेको । यसका लागि केयूका बिनोद पन्तले भ्रष्टाचारमा कागज, होटल र गाडी महंगोमा मिलाउन र बिल फर्छौयटमा सहयोग गर्ने गरेका छन् । उनी लुँइटेलका विश्वासपत्र र नर्वेद्वारा सञ्चालिक कार्यक्रममा पीएडी गरिरहेका छन् । लुँइटेलले विश्वविध्यालयबाट आर्थिक अनियमितताबाट आर्जित रुपैंया काठमाडौंका विभिन्न मंहगा विध्यालयमा शेयरका रुपमा आफन्त र विश्ववास पत्रको नाममा लगानी गरेको छन् । विश्वविद्यालय प्रशासनलाई आर्थिक फाइदा हुने बिल र चेकमा हस्ताक्षर गर्न दबाब दिने गरेका छन् ।
२. काठमाडौं विश्वाविध्यालय स्कूल अफ एजुकेसनमा डा लुइँटेलले विभिन्न प्रोजेक्ट हेर्न आफ्नो नाताकी बिनिता बराललाई नियुक्त गरेका छन् । उनैले महंगो कोटेशन मगाएर ल्यापटप, फर्निचर, पर्दा र कार्पेटहरु खरिद गरेकी छन् । केही महिनाअघि खरिद गरिएका डेल ल्यापटप, पर्दा, डेबल आदि मूल्य बजारभन्दा २५ देखि ५० हजार रुपैयाँ बढी मूल्यका छन् । उनले लुइटेललाई भ्रष्टाचारमा सहयोग पुर्याउन र आफ्नो व्यक्तिगत फाइदाका लागि झण्डै दोब्बर रकम राखी बिल तयार गर्ने गरेकी छिन् । उनी साहायकमा नियुक्ति भए लगत्तै जीवनस्तर अप्रत्याशित रुपमा आकाशिएको त्यहीका कर्मचारीको बुझाइ छ । बराल र लुइँटेलको संयुक्त लगानीमा लाखौं रुपैँया खर्च गरी ट्राभल एजेन्सी चलाउन दर्ता गरेका छन् ।
३. नर्वेजियन प्रोजेक्टमा फेलोसिपमा अध्यनन गरिरहेका पीएडी विध्यार्थीबाट प्रति विद्धर्थी २ लाख रुपैयाँ दिन दबाब दिएको र त्यसका लागि छनौट समितिमा डिन र अन्य शिक्षकहरुलाई डा लुइँटेलले भनेकै व्यक्ति छान्न दबाब दिने गरेका छन् । केयूको नियमअनुसार स्थायी शिक्षकले सेवा गरेको ३ वर्षपछि मात्र छात्रावृत्ति दिने केयूको प्रावधान भए पनि लुइटेलले आफ्नो नजिकको बिनोद पन्तलाई स्थायी नियुक्ति पाएको एकवर्षमा पीएडी छात्रावृत्ति दिलाउन दबाब दिएका थिए । केयूको कानूनी प्रावधान मिचेर पन्तलाई छात्रवृत्ति दिलाउन लुँइटेल सफल भएका थिए जसले लामो समय विश्वविध्यालयभित्रैका सेवा गरेका अन्य योग्य उम्मेदवार उक्त अवसरबाट वञ्चित भए ।
४. स्कूल अफ एजुकेसनको एमएड् (Two-Year MEd Program in Environment Education and Sustainable Development) [नर्वेजियन सहयोगमा सञ्चालित] कार्यक्रममा लुइटेलले विदेशमा आफू अध्ययनमा रहेको अवस्थामै सबै मिटिङ र रिसर्च कमिटी बैठकको एकमुष्ठ भत्ता बुझेका थिए । विश्वविद्यालयबाट बिदा लिएर विदेशमा रही दोहोरो सुविधा लिएर अवसर र पदको दुरुपयोग गरेका छन् ।
५. लुँइटेलले सुभरभाइज गरेका प्रत्येक विध्यार्थीसँग एक लाखदेखि सात लाख रुपैँया र अंग्रेजी इडिटिङका नाममा थप ३० हजार देखि ५० हजार सम्म काममा लगाइ कमिशन लिने गरेको छन् । अंग्रेजी राम्रो भएका विद्धार्थीलाई पनि कमिशनका लागि अनिवार्यरुपमा अंग्रेजी हेर्न शर्त राख्ने गरेका छन् । यसका लागि उनले आफ्ना नाता पर्ने हेमराज काफ्ले जो केयूमै कार्यरत छन् उनलाई खटाउने गरेका छन् । स्कूल अफ एजुकेसनको धेरै थेसिस काफ्ले र अन्य केही निश्चित मानिसलाई मात्र पढ्न दबाब दिने गरेका छन् ।
६. करिब दुई वर्ष अघि थेसिस हेरिदिने शर्तमा एक पीएडी विद्धर्थीबाट १७ लाख रुपैयाँ लिएको र सो रकम फिर्ता माग्ने ती विद्धार्थीलाई केयूमा अध्ययन गरिरहेका एक जना पत्रकार लगाएर पैसा फिर्ता नमाग्न दबाब दिएका थिए । उनैले पटक पटक आफ्नो पैसा मागेका हुनाले पीएडी नदिन सक्दो प्रयास गरेका थिए । ती विद्यार्थीलाई पैसा नमागे सबै कुरा सल्टिने नभए थेसिसमै सही नगर्ने भनी शैक्षिक र सामाजिक जीवन सकिदिने भनेर मानिसक पीडा दिने गरेका थिए । यसैगरी उनले आफ्नो जेठो छोरालाई पीएडी विद्यार्थी सुधीर झाको निजी विद्यालयमा सित्तैमा पढाउन लागएका थिए । आफूले थेसिस सुपरभिजन गरिदिने भन्दै निशुल्क पढाउँदा conflict of interest को सिद्धान्त लागू हुने नहुने सिधै अनुमान लगाउन सकिन्छ । निशुल्क पढाउँदा समेत उनले विद्यालयबाट बिल भने लिने गरेका थिए । लुइटेलले विद्यार्थीहरु बबिन पोखरेल, प्रकाशचन्द्र भट्टराई, सुरेश गौतम, राधेश्याम ठाकुर, धनपति सुवेदी, राजकुमार ढुंगाना, लक्ष्मण आचार्य, मिनाक्षी दाहाल लगायतका विद्यार्थीलाई आर्थिक सहयोग नगरेको भनी चरम दुख दिएका थिए । एक्टर्नल एक्जामिनेसनबाट रिभिउ गराउने जिम्मेवारी पाएका लुइटेलले माथि उल्लिखित सबै विद्यार्थीलाई प्रतिविद्यार्थी डेढ लाख जरिवाना तिराएका थिए । उनैले पूर्व डिन टंकनाथ शर्मासँग ५० लाख रुपैंया नपाएकाले आफूले गाडी चढ्न नपाएको भन्दै डिनको गाडि खोसेका थिए । लुइटेलले धेरै दुख दिएपछि तत्कालीन डिन टंकनाथ शर्माले आँशु निकाल्दै स्कूल अफ एजुकेसनबाट बाहिरिएका थिए । त्यसैगरी प्रोफेसर मनप्रसाद वाग्लेलाई सहयोग नगरेको भनी धुरुक्क बनाएर रुवाएका थिए । दुवै प्रोफेसरले लुइटेलको ज्यादतिका कारण राजीनामा दिएका थिए ।
७. केयूले खुलाएको पदपूर्तिमा स्कूल अफ एजुकेसनमा आफूले भनेको मान्छे नाम निकालेको भनेर साहायक डिन डा लक्ष्मण ज्ञवालीलाई डा लुँइटेलले ज्यान मार्ने धम्की दिएपछि उनले जीउज्यान जोखाउन मिति २०७६ असार २५ गते पदबाट राजीनामा दिएका छन् । ज्ञावलीले सातदोबाटो प्रहरीमा जीउज्यान सुरक्षाका लागि निवेदन पनि दिएका छन् । यो लेनलेन मिलाउन गरिएको थियो ।
८. नोरेड प्रोजेक्ट दुरुपयोग गरेर केयूमा आन्दोलन चलाउन सवारीसाधानको प्रयोग गर्ने गरेको । भीसी रजिष्ट्रार विरुद्ध समाचार लेखाउन र प्रशारण गराउन नोरेडको पैसा खर्च गर्ने गरेको ।
प्रज्ञिक पक्षको दुरुपयोग गरी माथि भनिएको सबै पक्ष तथा आफू PI भएको प्रोजेक्ट लगायतबाट लाखौं रुपैयाँ धनराशी भ्रष्ट्राचार गरेको कुरा सबैबीच प्रष्ट नै छ।