प्रधानमन्त्री पदको लोभ नभएको दावी गर्दै प्रचण्ड भन्छन्-‘देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ७, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई स्वीकार गर्न तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री पदको लोभ नभएको र संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने देउवा वा देउवाले सिफारिस गरेका व्यक्तीलाई प्रधानमन्त्रीमा स्वीकार्ने बताउँदै प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस