सर्वोच्च अदालतद्धारा ‘संसद विघटन’ राजपत्रमा प्रकाशित सूचना माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ८, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ८,काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागेका हुन् ।

यसअघि अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिले सदर गरेपछि राजपत्रमा प्रकाशित भएको आफूले थाहा नपाएको इजलासमा बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस