माघ ९,काठमाडौँ । कांग्रेस नेता डा. शेखर कोइराला मध्ये जाडो र शितलहरको कुनै प्रवाह नगरी सुदुरपश्चिमको प्रदेशको कञ्चनपुर भ्रमणमा निस्कन लागेका छन्।
ओलीको असंवैधानिक कदमको विरुद्धमा बिहिबारमात्रै सुर्खेतमा नेकपाका अध्यक्ष माधव नेपालले सम्बोधन गरेका थिए । केहीदिन अघिमात्रै ओलीले कञ्चनपुरमा सम्बोधन गरेका थिए । त्यसपछि विपक्षी दलको नेताको रुपमा डा.कोइराला कञ्चनपुर दौडाहमा निस्किन लागेका हुन् ।
प्रधानमन्त्री केपी ओलिको असंबैधनिक कदमका चर्को आलोचक डा. कोइराला माघ १० गते शनिबार बिहान रोल्पा कांग्रेसका सभापति एवं पुर्व राज्यमन्त्री अमरसिंह पुनलाई साथमा लिएर त्यसतर्फ जान लागेका हुन। कोइरालाले शनिबार नै कञ्चनपुरको महेन्द्रनगरमा पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन उनले आमाको शोकमा रहेका कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुलाई भेटेर समवेदना दिनेछन्।
आइतबार बिहान १० बजे बेलौरीमा नेपाली कांग्रेस क्षेत्र नं.१ कञ्चनपुरले आयोजना गर्ने अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर उनी सोहि दिन काठमाडौ फर्कनेछन।
पार्टीको आसन्न महाधिवेशनमा सभापतिका बलिया उमेदवार डा.शेखरको यो कञ्चनपुर भ्रमणलाई सुदुरपश्चिमको राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ।