राष्ट्रपति भण्डारी भन्छिन्-‘खोपपछि पनि मास्कको प्रयोग, सामाजिक दूरी, हात धुने बानी नहटाऔँ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १४, बुधबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड खोप लगाउन शुरू भएकोमा हर्षित भएको बताएकी छिन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले पढेर सुनाएको पत्रमा उनले कोभिड महामारीले मानव सभ्यतालाई चुनौती दिइरहेको बताएकी छिन् ।

उनले कोभिड महामारीमा अग्रपंतिमा रहेका काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मी लगायतलाई धन्यवाद दिँदै यस अवस्थामा साथ दिने परिवार र समुदायप्रति पनि उनले आभार व्यक्त गरेकी छिन् । उनले खोप लगाएपछि पनि मास्कको प्रयोग, सामाजिक दूरी कायम गरी हातको सरसफाइ गर्न समेत अनुरोध गरेकी छिन् । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन बुधबार आजबाट सुरु गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस