फागुण ८, काठमाण्डौ । नेकपा दाहाल–नेपाल समुहले पार्टीको महासचिव टुंगो लगाउँन सकेको छैन् । प्रतिनिधि सभा विघटनसंगै नेकपा दाहाल–नेपाल समुहको बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको थियो ।
नेकपा स्रोतका अनुसार महासचिव हुनका लागि तत्कालिन एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र तत्कालिन माओवादी केन्द्रबाट बर्षमान पुन, जनार्दन शर्मा दौडधुप गरिरहेका छन् । तर महासचिव तत्कालिन एमाले वा माओवादी केन्द्र कसले लिने भन्ने नै टुंगो लाग्न नसक्दा समस्या भएको छ ।
‘तत्कालिन एमालेबाट की माओवादी केन्द्रबाट पहिला त्यो नै टुंगो लाग्न सकेको छैन्’ नेकपा स्रोतले भन्यो, ‘पहिला पुरानो पार्टी कुनबाट हुने भन्ने टुंगो लागेपछि मात्रै को हुने भन्न सकिन्छ । दुबै अध्यक्षबीच नै कुरा मिलेको छैन् ।’