दिपू वर्णवाल
फागुण १४, वीरगन्ज । जनता समाजवादि पार्टिका केन्द्रिय सदस्य एवम संघीय सांसद प्रदिप यादवले फ्रि वाईफाई जोनको उदघाटन गरेका छन् । पर्सा जिल्लामा पहिलो पटक पुरा वडालाई लक्ष्य गरि जडान गरिएको फ्रि वाइफाई जोनको नेता यादवले बिहिबार उदघाटन गर्दै वाईफाई सुविधिको सुरुवात गरेका हुन् ।
पर्सा गढी गाउँपालिका वडा नम्बर ५का वडा अध्यक्ष असलम आलमले जडान गरेका फ्रिवाइफाई सिस्टमको उदघाटन गर्दै सांसद यादवले समाजिक संजालले जिवनशैलिलाई परिवर्तन गरेको बताए । उनले नेटको सुविधा हरेकको व्यक्तिको लागी अनिवार्य भएको बताउदै वडा वासिको लागी वाइफाई सुबिधा व्यास्था गरेकोमा वडा अध्यक्ष आलमलाई धन्यवाद समेत व्यक्त गरे । कोरोनाको समयमा धेरै विद्यालयहरुले बाईफाई कक्षा समेत संचालन गरेकोले यसबाट शिक्षामा पनि ठुलो टेवा पुग्ने नेता यादवको भनाई रहेको थियो ।
उनले जडान गरिएको वाईफाईको फ्रि सुविधालाई निरन्तर्ता दिनुका साथै समाजिक संजालबाट हुने बिकृतीबाट युवा युवतीहरुलाई बचाउनु सबै अभिभावको दायीत्व भएकोले यस प्रति सजग रहन वडावासीहरुलाई अनुरोध गरे । सो बडामा पर्ने पचरुखि,बहुअर्वा ,हरदिया र जिंगना लगायतका टोलमा आजदेखि फ्रि वाईफाई सेवा संचालनमा आएको छ । उदघाटन कार्यक्रममा जनता समाजवादि पार्टि जिल्ला अध्यक्ष रामनरेश यादव,सचिव तबरेज आहमद,वड अध्यक्ष असलम आलम ,पार्टिका जिल्ला सदस्य अशोक यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।