फागुण २२, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार कोभिसिल्ड खोप लगाउने भएका हुन् ।
आइतबारबाट सुरु हुने दोस्रो चरणको खोप अभियान प्रधानमन्त्री ओलीले नै आरम्भ गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । दोस्रो पटक मृगौला प्रत्यारोपन गरिसकेका प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गएर खोप लगाउने भएका हुन् ।