फागुण २२, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेक्रविक्रम चन्द ‘विप्लव’लाई आफ्नो पार्टीमा स्वागत गर्न चाहेको बताए ।
पेरिसडाँडामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आफू हिँडेकै बाटोमा आएकाले विप्लवसँग शान्तिपूर्ण राजनीतिमा सँगसँगै हिँड्न सकिने बताए । विप्लव शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गर्दै प्रचण्डले अब एउटै पार्टीमा रहेर काम गर्ने इच्छा रहेको बताए ।