संसद बैठक: नेकपाका दुवै समुहका सांसदहरु एउटै लहरमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २३, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुन २३,काठमाडौँ । पुनःस्थापित संसदको बैठकमा प्रचण्ड-माधव नेपाल पक्षका सांसदहरु पनि सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् ।

दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।

आइतबार अपराह्न संसद बैठक बस्नुअघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरी भने, ‘दलको दुईवटा समूहको छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस