माधव नेपाल समूहको छुट्टै छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २४, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २४,काठमाडौँ । सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै नेताहरू छलफलमा व्यस्त छन्। प्रचण्ड–नेपाल समूहले आज दिउँसो स्थायी कमिटि बैठक बोलाएको छ। त्यसभन्दा अगाडि सर्वोच्च अदालतको फैसलाबारे कुरा गर्न माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन्।

नयाँ बानेश्वरमा भइरहेको छलफलपछि उनीहरू स्थायी कमिटि बैठकका लागि पेरिसडाँडा जाने भएका छन्। जारी छलफलमा पछिल्लो राजनीतिक अवस्थाबारे अब कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी भइरहेको सहभागी एक नेताले बताए ।

दिउँसो तीन बजेका लागि बैठक समय सारिएको छ। यसअघि बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो।

 

ताजा अपडेट

खोजी गर्नुहोस