फागुन २७,काठमाडौँ । नेकपा एमालेको नेता माधवकुमार नेपाल समूहका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउने भूमिका अध्यक्ष केपी शर्मा ओलीकै हुने बताएका छन् ।
बुधबार काठमाडौंको एक होटलमा माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेला आयोजना गरिएको थियो ।
उक्त भेलामा सहभागी एक नेताले पार्टी कसरी अगाडि बढ्छ भन्ने कुराको निर्धारण अध्यक्ष ओलीको भूमिकामा भर पर्ने बताएका छन् ।
‘उहाँले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनुहोला, त्यसपछि एकताबद्ध बनाएर पार्टी लैजानेबारे छलफल हुन्छ’, ति नेताले भने ।