फागुण २७, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानेर नै केपी प्रवृत्तिमाथि प्रहार गरेको बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी सङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान र मर्न पनि तयार रहेर प्रवृत्तिमाथि प्रहार गरेको बताए ।
केपी प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेजस्तो अनुभूति भएको उनको भनाइ छ । देशको राजनीतिक परिवर्तनमाथि षड्यन्त्रले हमला गरिराखेको भन्दै उनले सजग भएर त्यसविरुद्ध लड्नुपर्ने बताए ।