माओवादीका मन्त्रीलाई सरकार छोड्न निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २९, शनिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुण २९, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ । पेरिस डाँडामा शनिबार विहान बसेको पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

पार्टीका नेता नारायणकाजी श्रेष्ठका अनुसार आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टा भित्र फिर्ता आउन निर्देशन दिएको हो ।

सरकारमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी माओवादी केन्द्रका तर्फबाट सरकारमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस