महन्थ ठाकुर भने कुराकानी राम्रै भयो, निष्कर्षमा पुगेका छैनौं

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २९, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन २९ काठमाडौं । सत्ता समीकरणबारे माओवादी केन्द्रसँग राम्रै कुराकानी भएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

पेरिसडाडाँमा माओवादी केन्द्रका शीर्ष नेतृत्व सँगको भेटवार्ता पछि ठाकुरले कुनै निष्कर्षमा पुग्न भने नसकिएको बताए ।

‘कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ’ ठाकुरले भने । फेरि पनि माओवादी केन्द्रसँग छलफलमा बस्नेगरी उठेको उनले बताए । एमाले वा त्यस बाहेकका इतर गठबन्धनको सरकारबारे सोधिएको प्रश्नमा अध्यक्ष ठाकुरले कतै पनि आफूहरुले सुरक्षाको महसुस नगरेको बताए ।

‘हामी कही पनि आफूलाई सुरक्षाको महसुस गरेको छैन’, उनले भने । जसपाले काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि लगातार संवाद गरिरहेको छ । तर, कुनै निर्णय भने दिएको छैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस