राष्ट्रपतिद्वारा कालु पाँडेको शालिकमा माल्यार्पण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन २९, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन २९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका १ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेको छ । सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौँ उपत्यकासहित आसपासको दृश्यावलोकनसमेत गरिन् । सो क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दहचोकको ऐतिहासिक तथा धार्मिक पक्षबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

ऐतिहासक तथा धार्मिक पर्यटकीयस्थल दहचोकलाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । दहचोकमा इन्द्रदह पनि रहेको छ । सो ठाउँमा हरेक वर्ष फागनु ९ गते इन्द्रदह पर्यटन महोत्सव हुँदै आएको छ ।

नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहका प्रधानसेनापति कालु पाँडेले कीर्तिपुर युद्धका क्रममा विसं १८१४ जेठ १९ गते वीरगति प्राप्त गर्नुभएको थियो ।

काजी कालु पाँडेले आफ्नो मृत्युपछि ‘गोरखा र मनकमनाको दर्शन हुने सक्ने गरी मेरो शरीर समाधिस्थ गर्नू’ भन्ने इच्छा व्यक्त गरेको हुँदा तत्कालीन गोरखाका राजा पृथ्वीनाराण शाहको निर्देशनमा दहचोकको डाँडामा उनको समाधिस्थ गरिएको इतिहास छ ।

ताजा अपडेट

खोजी गर्नुहोस