सडक निर्माणमा प्राविधिक त्रुटी नर्गन ओलीको निर्देशन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र १, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र १, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटी नगर्न निर्देशन दिएका छन् । आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटीका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटी नगर्न निर्देशन दिएका हुन् ।

जनताको जीवन रक्षा महत्वपूर्ण भएकोले सवारी साधन र यात्रुहरुको सुरक्षाको प्रत्याभुति हुनेगरी सडक निर्माण गर्न पनि निर्देशन दिएका छन्। उनले दुर्गम ठाउँहरुमा पनि सुरक्षित पक्की सडक बन्नुपर्ने र अब निर्माण हुने सडकहरु कच्चा र असुरक्षित हुनु नहुने तर्फ ध्यानाकर्षण गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस